Literature Wiki

आफूले रचेका रचनाहरु यहाँ प्रकाशित गर्न सक्नुहुन्छ।

READ MORE

Literature Wiki
नेपाली साहित्य भण्डार
(Nepali Literature)
नेपाली साहित्यका विभिन्न विधामा आफ्ना रचनाहरु सजिलै प्रकाशित गर्न सकिने खुल्ला वेबसाइटमा स्वागत छ!
Literature

परिचय

नेपाली साहित्य अर्थात नेपाली भाषामा लेखिएका साहित्यहरू। नेपाली भाषा भारतको सरकारी मान्यता प्राप्त भाषा हो अनि नेपालको राष्ट्रभाषा। यी देशहरु बाहेक भूटान, बर्मा लाखौंको संख्यामा नेपालीहरुको मातृभाषा हो। वास्तवमा नेपाली भाषा भारतीय प्रान्त सिक्किम र पश्चिम बंगालको पनि राज्यभाषा (अधिकारिक भाषा) हो। नेपाली साहित्यका प्रमुख लेखकहरू अरु देशबाट पनि छन्, मुख्य रूपमा भारतबाट जस्तै पारिजात, पारसमणि प्रधान, शिवकुमार राई आदि।

नेपाली भाषा संस्कृतबाट विकसित भएको एक भाषा हो र नेपाली साहित्यको प्राचीन इतिहासको पता लगाउनु धेरै मुश्किल छ किन भनें धेरै विद्वानहरूले संस्कृतमा लेखेका छन, विशेष रूपमा धार्मिक साहित्य। हालाकि नेपाली साहित्यलाई पाँच अवधिहरूमा बाँडन सकिन्छ।

पूर्व-भानुभक्त काल

नेपाली साहित्य सैकडौं वर्ष सम्म अवश्य नैं मौखिक र लोकगीतको रूपमा अस्तित्वमा रहेको थियो होला। यद्यपि भानुभक्त आचार्य भन्दा पहिला नेपाली साहित्यमा साहित्यिक कामको प्रकाशनको कुनै प्रमाण उपलब्ध छैन भने धेरैको मत रहेको छ।

भानुभक्त काल

केहीले भानुभक्तलाई नेपाली भाषाको "आदिकवि" भनेर सम्मान गर्छन् तर यसमा मतैक्य छैन। नेपाली साहित्यमा भानुभक्तको आफ्नो सबैभन्दा महत्वपूर्ण योगदान रामायणलाई नेपालीमा उल्था गर्नु हो।

नेपाली भाषाका प्रमुख साहित्यकारहरू